Logo

रात्रीकालिन हेलिप्याड सञ्चालनमा



Spread the love

१८ असोज, रसुवा – नेपाली सेना कालीजङ्ग गणले धुञ्चेमा निर्माण गरेको रात्रीकालिन हेलीप्याडको आज उद्घाटन गरिएको छ । ५५ फिट लम्बाई तथा चौडाई भएको रात्रीकालिन हेलीप्याडको नेपाली सेना छ नम्बर बाहीनिका बाहीनिपति निर्मल कुमार थापाले उद्घाटन गरे ।

हेलीप्याड बनाउन यहाँका ५ वटा गाउँपालिका, स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदल, अपर त्रिशुली एक जलबिद्युत् आयोजना, नुवाकोटको विदुर नगरपालिका एक नम्बर वडा कार्यालय र सुन्दरादेवी साप्ताहिक पत्रिकाले सहयोग गरेको गणले जनाएको छ । २ लाखभन्दा बढी नगद तथा श्रमदानमा उक्त हेलिप्याड निर्माण भएको हो ।

हेलिप्याडको चारैतिर २४ वटा बत्ती र तीन वटा ‘होरिजेन्टल’ बत्तीसमेत जडान गरिएकाले रात्रीकालिन अवरतण गर्न कुनै समस्या नआउने जनाइएको छ । अनुमति लिएर विरामी उद्धारका लागि निजी हेलिकोप्टर समेत अवतरण गर्न सकिने गणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्