Logo

गुल्मीमा स्वाबलम्बन महिला बचत तथा ऋण सहकारी संस्थाद्वारा २६ औँ साधारणसभा सम्पन्न



Spread the love

गुल्मी, असोज २० | रुमा पौडेल ––(सल्लेरी खबर) |

रुमा पौडेल

स्वाबलम्बन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका तम्घास गुल्मीको २६ औँ साधारण सभा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । सदरमुकाम तम्घासमा रहेको बालमन्दिरमा भएको कार्यक्रममा जिल्लाकै महिलाद्धारा सञ्चालित सबैभन्दा पहिलो सहकारी संस्थाले सहकारी संस्थामा आबद्ध ४ जना शेयर सदस्यका छोराछोरीहरूलाई गरिब तथा जेहेन्दार अन्तरगतको छात्रवृत्ति वितरण गरेको हो ।

त्यस्तै संस्थाले  एस.ई.ई परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत शेयर सदस्यका २ जना छोराछोरीहरूलाई पनि सम्मान गरेको छ । कक्षा १२ मा सर्वोकृष्ट नजिता ल्याउने २ जना विद्यार्थीहरू र एक जना जेष्ठ नागरिक तथा एक जना संस्थापक सदस्यलाई समेत  सम्मान गरेको हो ।

सो अवसरमा संस्थामा आबद्ध उद्यमी पुरस्कार ४ जनालाई प्रदान गरिएको थियो । भने राष्ट्रपति महिला उद्यमी पुरस्कार विजेता संस्थाकी सदस्य तारा पन्थीलाई समेत सम्मान गरिएको छ ।
सो अवसरमा कोषाध्यक्ष सावित्रा केसीले १ करोड ३० लाख बराबरको आय व्यय प्रस्तुत गर्नुभ्रएको थियो । साथै आर्थिक वर्ष २०७४/७५ मा १५ करोड ८८ लाख ६९ हजार ७ सय ४४ रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।

संस्थाका अध्यक्ष लक्ष्मी अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ गुल्मीका सदस्य रामलाल पाण्डेय, गोपाल पन्थी, राजेन्द्र पोखरेल, श्याम कुमार पाण्डेय, हरी केसी लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रममा संस्थाकी उपाध्यक्ष बिमला गौतमको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन भने सचिव अमृता जि.सिले गर्नुभएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्