Logo

लामो दूरीका सवारी चालकका लागि आराम कक्ष



Spread the love

२५ असोज, डोटी – लामो दूरीका सवारी चालकका लागि प्रहरीले आराम कक्ष बनाएको छ ।

दिपायलस्थित पिपल्ला र बुडरमा आराम कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रात्रिबस चलाउने चालकलाई थकाइ लाग्ने हुँदा केही समय आराम मिलोस् भनेर सो कक्ष सञ्चालनमा ल्याइएको प्रहरी प्रवक्ता नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

सो कक्ष खोलिएका ठाउँमा यात्रुका लागि दिसापिसाब गर्ने व्यवस्था पनि मिलाइएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थानीयवासी तथा व्यापारीको सहयोगमा बुडरमा खोलिएको सो कक्ष नजीक प्रहरीले चियापानीसमेतको व्यवस्था मिलाएको छ ।

विशेष गरी राति चल्ने सवारीसाधनलाई लक्ष्य गरी सञ्चालन गरिएको उक्त कक्ष दशैँ, तिहार तथा छठपर्वसम्म निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्