Logo

विपिन र बर्षाको ‘जात्रै जात्रा’ घोषणा



Spread the love

अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउत अभिनित चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रा जात्रै’को अफिसियल निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको अफिसियल घोषणा गरिएको थियो । चलचित्र जात्रा जात्रैमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने छ । निर्माण पक्षको अनुसार चलचित्रको छायाँकन कात्तिक ११ गतेबाट सुरु हुनेछ ।

करिब ३५ दिनको सेड्युल राखिएको चलचित्रको छायाँकन असन र बौद्ध वरपर हुनेछ । चलचित्रमा अघिल्लो सिरिज जस्तै चलचित्रमा विपिन र बर्षाको जोडी रहने छ भने अन्य कलाकारमा रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी रहनेछन् ।

चलचित्रमा सिंगे लामा र यादव पौडेलको लगानी रहेको छ भने कलाकार रविन्द्र सिंह बानियाँ यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, मित्र डी गुरुङको सम्पादन रहनेछ । निर्माण पक्षको अनुसार चलचित्र फागुन १७ गते रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्