Logo

फिल्म ‘हृदय भरी’ मा पल शाह अनुबन्धित



Spread the love

नायक पल शाह नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनले सुरज सुब्बाले निर्देशन गर्ने ‘हृदय भरी’मा अभिनय गर्नेछन् ।

फुलपातीको अवसर पारी फेसबुक मार्फत निर्देशक नाल्बोले फिल्ममा पल शाहको प्रमूख भूमिका रहने उल्लेख गरेका छन् । मंगलबार नै पलसँग सम्झौता भएको थियो । शाह प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘हृदय भरी’लाई चन्दन शाह र सौरभ बिश्वासले संयुक्त निर्माण गर्नेछन् ।

हाललाई फिल्मबारे अन्य जानकारी र बाँकी कलाकारको खुलासा भएको छैन । गत बर्ष ‘नाल्बो’ निर्देशित फिल्म ‘रातो घर’ प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्