Logo

खुकुरी प्रहार गरी युवकको हत्या



Spread the love

मोरङको पथरीशनिश्चरे–८ काे शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।

शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसइबीलाई लिएर त्यसै ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए।

हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको र मृतकको शव उर्लाबारी–३ काे मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको प्रहरीले जनाएकाे छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्