Logo

शिलान्यास भएको छ महिना बित्दा समेत विमानस्थल निर्माणको काम सुरु भएन…



Spread the love

सन्धिखर्क, १४ पुस । अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती विमानस्थलको शिलान्यास भएको छ महिनासम्म पनि काम सुरु भएको छैन ।
arghakhanchi_district-753435-2_li
सन्धिखर्क नगरपालिका–१३ धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको गत असार १३ गते तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास भएको छ महिना बितिसक्दा पनि विमानस्थल निर्माणको काम सुरु नै नभएपछि विमानस्थल बन्छ र छिटोछरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीवासी अब विमानस्थल नबन्ने त हैन भनेर चिन्ता व्यक्त गरेका छन् । जिल्लावासी अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहबामा गएर हवाई यात्रा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्