Logo

सल्यानमा रेबिजविरुद्धको सुई अभाव



Spread the love

६ कात्तिक, सल्यान – ४ महीनादेखि जिल्लामा रेबिजविरुद्धको सुईको अभाव भएको छ ।

सरकारले निःशुल्क रुपमा वितरण गर्ने उक्त सुई सल्यान अस्पतालमा उपलब्ध नभएपछि सर्वसाधारण निजी क्लिनिकबाट रु ६०० मा खरीद गर्न बाध्य छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि भण्डारबाट समयमै औषधि आपूर्ति नहुँदा अभाव भएको अस्पतालले जनाएको छ ।

“अस्पतालमा रेबिज सुईको अभाव हुनेबित्तिकै पत्राचार गरेका थियौँ तर पनि अहिलेसम्म उपलब्ध भएको छैन”, अस्पताल प्रमुख डा अर्जुन बुढामगरले भने, “मागअनुसारको आपूर्ति नहुँदा अस्पतालमा सुईको अभाव भएको छ, एक पटक ५० वटा सुई पठाएको थियो, एउटैलाई पाँच वटाका दरले लगाउँदा १० जनालाई मात्रै भयो ।”

प्रतिक्रिया दिनुहोस्