Logo

मस्र्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार टुट्न गई राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध…



Spread the love

मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ ।

प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ । आज बिहान ७ः२० बजे एकाएक मस्र्याङ्दी–स्युचाटार प्रसारण लाइनको जम्पर तार टुट्न गई राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले प्राविधिक टोली तार टुटेको स्थानमा पुगी मर्मत कार्य अगाडि बढाइसकेको छ । वैकल्पिक उपायका रुपमा कुलेखानीको सप्लाइ युनिटबाट विद्युत् सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्