Logo

‘कार्टुन्ज क्रु’को नयाँ गीत ‘ मुसु मुसु हाँसेर ‘ सार्वजनिक (भिडियो)



Spread the love

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को रोमान्टिक कमेडी शैलीमा तयार भएको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मुसु मुसु हाँसेर ‘ बोलको गीतलाई निर्माण टीमले आज सार्वजनिक गरेको हो ।

‘मुसु मुसु हासेर‘ बोलको गीतलाई उनिहरुले निकै नै रोमान्टिक तथा पृथक कमेडी सैलीमा प्रस्तुत गरेका छन।जसमा कार्टुन्ज क्रुले यस अघिको भन्दा केहि फरक र नयाँ गर्ने प्रयास गरेको छ । जुन भिडियो हेर्दा प्रस्ट देख्न सखिन्छ ।


उनिहरुको डान्समा हरेक पटक केहि नौलोपन देख्न पाईन्छ ।छोटो समयमै आफुलाई स्थापित गर्न सफल काटुृन्ज क्रुले गरेका सबैगीत युटूबमा सुपरहिट हुने गरेका छन् । यस गीतमा भेस राज गौतमको स्वर रहेको छ ।

कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस भिडियोमा सरोज अधिकारीको कोरियोग्राफी रहेको छ ।भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका छन ।

भिडियोलाई सहाएक निर्देशन भने लाक्पा डि लामाले गरेका छन् ।भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी र साजन चौहानले गज्जबको डान्स र कमेडी गरेका छन् ।

यस गितको यरेन्ज पुषकर सुनुवारले गरेका हुन्।भिडियोलाई सहाएक कोरियोग्राफी भने सुबिनले गरेका छन्।राजेन्द्र बजगाईको शब्द/संगीत रहेको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो ।


‘कार्टुन्ज क्रु डान्स स्टुडियोको प्रोडक्सनमा बनेको यस गीतको पोस्ट प्रोडक्सन भने मोक्ष्य प्रोडक्सनले गरेको छ। यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/cWfNfElbM8c

प्रतिक्रिया दिनुहोस्