Logo

भेरी अञ्चल अस्पताल स्तरोन्नति हुने



Spread the love

१२ कात्तिक, नेपालगञ्ज – भेरीअञ्चल अस्पताल स्तरोन्नतिका लागि प्रयास थालिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको हो ।

बाँकेबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुभएका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा अर्थ मन्त्रालयले भवन निर्माणका लागि सहमति प्रदान गरेको थियो । मन्त्री राईका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी अस्पताल भवन निर्माणका लागि सहमति माग गरेकामा मन्त्रिस्तरीय निर्णयले निर्माण कार्यअघि बढाउन सहमति दिएको थियो ।

यसअघि उक्त अस्पतालमा क्याथ ल्याब निर्माणका लागि अर्थ मन्त्रालयले रु डेढ करोड उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारबाट १०० र अस्पताल विकास समितिबाट ५० गरी अस्पतालले हाल १५० श्यया सञ्चालन हुँदै आएको मेडिकल सुपेरिटेण्डेण्ट रुपानन्द अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्