Logo

नेपाली भाषाको पहिलो अभिलेख प्रदर्शनीमा



Spread the love

१२ कात्तिक, दुल्लु – धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाले भरिपूर्ण दैलेखलाई उजागर गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा तस्वीर प्रदर्शनी गरिएको छ ।

जिप्रकाको आयोजना तथा दैलेख उद्योग वाणिज्य सङ्घ दैलेख, दुल्लु नगरपालिका र गुराँस गाउँपालिकाको सौजन्यमा प्रदर्शनी गरिएको प्रजिअ लक्ष्मीप्रसाद बास्कोटाले बताए । फोटो पत्रकार भरतबन्धु थापाले खिँचेका कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रका ९० तस्वीर प्रदर्शन गरिएको छ ।

प्रदर्शनीमा नेपाली भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, पञ्चकोशी तीर्थस्थल, दुल्लु दरबार, मल्लकालीन पुराना सिक्कासमेत राखिएका छन् । राराताल, रुकुमको स्यार्पुताल, नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल, दैलेखको सबैभन्दा उच्च स्थानमा रहेको महाबु लेक, दैलेखको मागल नाच, हुड्के नाच र नाविस्थानको स्वामीको रूख पनि राखिएको छ ।

यसैगरी दैलेखको पञ्चैबाजा, जुम्लाको चन्दननाथ मन्दिर, दमाहा नाच, फड्को नाच, दुल्लुमा रहेको काजी जसपाउ थापाको पौवा, सुर्खेतको काँक्रेविहार, खुँडा नाच तथा राउटेका साथै कर्णाली प्रदेशका पर्यटकीयस्थलका तस्वीर प्रदर्शनीमा छन् ।

प्रतिक्रिया दिनुहोस्