Logo

स्वर्ण विजेता मुन्नी सम्मानित



Spread the love

१३ कात्तिक, काठमाडौँ – बेलायत ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा सम्मानित भएकी छिन् ।

गल्कोट समाज, युकेले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा पदक जितेर नेपालको नाम उच्च गरेकोमा उनलाई सम्मान गरेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए । उक्त च्याम्पियनसिप गत असोज १९ देखि २१ गतेसम्म भएको थियो ।

अध्यक्ष तामाङका अनुसार बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदी र गल्कोट समाजका अध्यक्ष राजु कँडेलले संयुक्तरुपमा सम्मानपत्रद्वारा मुन्नीलाई सम्मान गरे । मुन्नीले गत अगष्टमा जर्मनीमा भएको १२ औँ विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि कास्य पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्