Logo

बजेट सार्वजनिक



Spread the love

४ मङ्सिर, पोखरा – कास्की क्षेत्र नं १ का सांसद खगराज अधिकारीले आफ्नो संसदीय कोषको रु चार करोडको बजेट सार्वजनिक गरेका छन् ।

आज पोखरामा पत्रकार सम्मेलन गरी उनले सो बजेटको सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएका कार्यक्रममध्ये पोखरा महानगरपालिकामा १२, मादी गाउँपालिकामा पाँच र रुपा गाउँपालिकामा तीन गरी २० वटा योजनामा रकम विनियोजन गरिएको उनले जानकारी दिए । ताङतिङ–कहोलासोथर सडक सम्पदा मार्ग निर्माणका लागि रु ७० लाखसहित सडकमा कूल रु एक करोड २५ लाख विनियोजन गरिएको उल्लेख गर्दै उनले लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका लागि रु ५० लाख व्यवस्था गरिएको बताए ।

उनका अनुसार शिक्षातर्फ रु ९० लाख, भूगोलपार्क ब्याटमिन्टन खेल मैदान रु १० लाख, पृथ्वीराजमार्गको बुद्ध चोकदेखि गण्डकी अस्पतालचोकसम्म सोलार बत्ती जडानका लागि रु १० लाख र कृषि उपज सङ्कलन केन्द्र तालचोकलाई रु १० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्