Logo

मेरो क्रस



Spread the love

कहानी सबैका भिन्न छन् यहाँ । फरक यति हो कि केहिले खुसी ल्याउँछ भने बाकी बचेकोले जिन्दगीमा बे रङ्गी सपना निम्त्याइदिन्छ, र ती सपनाहरूलाई नचाहँदा नचाहँदै नि अङ्गाल्नु पर्छ , मन दह्रो बबनाएर…

कताबाट सुरु गरूँ यो भोगाइलाई जसलाई कपिका पन्नाहरूमा उतार्नका लागि मनमा आधी आउने गर्छ बारम्बार ….।

ट्रेनको आवाज सँगसँगै ट्रेन कुरेर रातभरि एउटा चियरमा पातलो ब्ल्यान्केट समेटेर निदाएकी म एक्कासि झसङ्ग भए । घडी हेरेको बिहानको ६ बजेको रहेछ । अघिल्लो दिन नै Dallas सहरमा पुग्नु पर्ने यो ट्रेनको टाइम ढिला भएर भोलिपल्ट सम्म नै स्टेशनमा रहनु पर्‍यो । धन्न १० दिनको लागी जाँदै थिए कलेज बिदामा फुपूको घर । त्यस कारण समान पनि निकै कम थियो । एउटा सानो साइडब्याग जसमा केही कपडा थिए ।

म त्यो ब्यागलाई लिएर समेटेर ट्रेन तिर लागे । आफू त जतापनी आनन्दले नै निदाइदिने मान्छे । त्यही भएर टाइम पास गर्न अरू केही गर्नै पर्दैनन्थ्यो । ट्रेनको कुनाको सिटमा गएर बसे र एक छिन पछि ट्रेन पनि कुद्न थाल्यो । धेरै Excited थिए फुपूहरूलाई भेट्न । नभेटेको धेरै त भएको थिएन त्यैपनी कलेज को आसाइनमेन्ट र टेन्सन बाट केही समय छुट पाएको माहशुस गरेकी थिए । अनेकौँ कुराहरू दिमागमा घुमिरहेका थिए । के गर्ने होला यो १० दिनमा ? आहा ! घरमा गएर नेपाली खाना टन्न खान्छु … सायद भेट पछि नेपाली खाना खाने मेरो खुसीको अर्को कारण थियो । जुन ठाउँमा मेरो कलेज थियो, त्यो ठाउँमा एउटा ईन्डियन रेस्टुरेन्ट बाहेक अरू केही थिएन , नेपाली खाना तदेख्नै नपाइने आफूले नबनाएसम्म, जुन बनाउन मानौँ कि एउटा छोटो मोटो सङ्घर्ष नै गर्नुपर्थ्यो ।

[ ओहो ! खानाको शौखिनलाई खानाको कुरा गर्न पाएपछि अरू के नै चाहियो र ! लेख्न लागेको कुराहरू नै मोडिएछन् । ]

रातभरि मज्जाले निदाएको भएत होला निन्द्रा लागेन जति निदाउनलाई कोसिस गरे पनि । मलाई प्राय पुराना गीतहरू मन पर्ने गर्छ । हिन्दी र नेपाली दुवै । त्यस कारण मेरो मोबाइलमा पनि त्यस्तै गीतहरू हुने गर्छन् । ब्यागबाट ईयर फोन झिकेर कानमा लगाएर गीतहरू सुन्न थाले । जसले ट्रेनको खट्खट आवाजबाट कानलाई आराम दिइरहेको थियो । गीतहरू बज्दै थिए र म भने आफूलाई तय्स गीतको पात्र बनाएर कहिले नाचिरहेकी थिए त कहिले मस्किरहेकी … आफ्नै कल्पनाको त्यो दुनियाँमा । गीत बज्यो … ” आखो मे तेरी अजबसी अजबसी अदाय हे, दिलको बानादी जो पतङ्ग… ” आफू त शाहरुखको डाइहार्ड फ्यान, के गर्नु बच्चै देखी । गीत बज्ने बित्तिकै आफूलाई दीपिका सम्झेर रमाउन थाले आफ्नै दुनियाँमा फेरि । सधैँ यो गीत कानमा गुन्जिदा साथ अचानक दीपिकाको ठाउँमा आफूलाई राखेर शाहरुख सँग रोमान्स गर्ने म, त्यो दिन भने शाहरुखको छविलाई निम्त्याउनै सकिरहेकै थिइन । त्यहिपनी आँखा बन्द गरेर कोसिस गरिरहे तर अह पटक्कै सकिरहेकी थिइन । अचानक आँखा बन्द मात्र के गरेकी थिए , एउटा अनौठो कहिल्लै नदेखेको अनुहारको चित्र मेरो शाहरुखको ठाउँमा पो देख्न थाले । अचम्म कसरी ? कसको अनुहार हो यो ? एक छिन त आऐ दङ्ग परेब्र झसङ्ग भएर आँखा खोले । र एक्कासि याद आयो, हिजो राती ट्रेन स्टेशनमा निदाउन भन्दा अघि देखेको एक युवकको अनुहार थियो त्यो । मन्द मुस्कान, हल्का दार्ही र अलिकती बाङ्गो दात । आहा कस्तो हेन्ड्सम । हेरेकी थिए त्यो बेला लुकिलुकी कर्के नजरले तर मेरो निद्राको अगाडी कसको के लाग्छ र ? अनि एक्कसी बिहान भयो ।सायद म उसको मन्द मुस्कानमा हराउन पुगे र सारा कुराहरू बिर्सिए । अहिले सम्झिदा लाग्छ, “उ त मेरो प्रिय क्रस पो हुन पुगेछ एकैछिनमा …..”

 

लेखक : समिक्षा अधिकारी

प्रतिक्रिया दिनुहोस्