Logo

दङ्गा नियन्त्रण तालीम



Spread the love

हुम्ला, ८ मङ्सिर – सुरक्षा व्यवस्थालाई अझ बढी सुदृढ, सबल र प्रभावकारी बनाउने उद्देश्यले हुम्लामा पहिलोपटक दङ्गा नियन्त्रण तथा डिमो तालीम शुरु भएको छ ।

जिल्ला सदरमुकाम सिमिकोटस्थित जिल्ला खेलकूद समितिको खेल मैदानमा आजदेखि शुरु भएको सो तालीममा प्रहरी हवल्दार र जवान गरी ४३ जनाको सहभागिता रहेको छ ।

पछिल्लो समयमा समाजमा बढ्दो विकृति विसङ्गति, अपराध र चोरीलगायत घटनाको न्यूनीकरणमा तालीमले महत्वपूर्ण सहयोग पुर्याउने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताए ।

तालीम छ दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्