Logo

मालिका उमाविमा विदाई कार्यकर्म सम्पन्न



Spread the love

गुल्मीको मालिका गाउँपालिका वाड न – ८ स्थित मालिका उच्च माध्यमिक बिद्यालयले आज एक कार्यक्रमका बिच प्र:अ चूडामणि शर्मा अर्याललाई विदाई गरेको छ । ४० वर्ष शिक्षण पेसामा खटिनु भएका शर्मा अर्यालले २३ वर्ष मालिका उमाविको प्र:अ समाल्नु भएको थियो । आज विदाई कार्यक्रममा बोल्दै वर्तमान समितिका अध्यक्ष टीका ब. जिसीले प्र:अ चूडामणि शर्मा अर्यालले बिद्यालयलाई पुर्याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

त्यस्तै प्र:अ शर्मा अर्यालले बिद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक समरचना तथा बिद्यालयको गतिविधि सुधार गर्नमा सहयोग पुर्याएकोमा सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कक्षा १ देखि १२ सम्मका सम्पूर्ण विधार्थिले फुलमाला अविर र मायाको चिनो प्रदान गरेका थिए । तेस्रै बिद्यालय ब्यबस्थापन समितीको तर्फबाट अध्यक्ष टीका ब. जी:सीले प्रशम्सा पत्र सहित मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रम मा.वि: बिद्यालय ब्यबस्थापन समितीका सदस्य ददिराम पौडेल, विधार्थी वसन्त गिरि, राधिका रेग्मी लगायतले मन्तव्य राख्नु भएको थियो भने सुनिता बि.सी. र सिर्जना बुढाले गीत प्रस्तुत गर्नु भएको थियो ।

साथै सोही अवसरमा प्र:अ चूडामणि शर्मा अर्यालले ५१ हजार बराबरको अक्षय कोषको स्थापना गर्नु भएको छ । मालीका उ.मा.बि बाट गरिब तथा जेहेन्दार विधार्थिले छात्रवृत्ति प्राप्त गर्ने बिद्यालय स्रोतले जनाएको छ ।

शिक्षक खेमराज अर्यालको स्वागत मतब्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता निमित्त प्र:अ वासुदेव अर्यालले गर्नु भएको थियो भने सञ्चालन शिक्षक कृष्ण प्रसाद अर्यालले गर्नु भएको थियो।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्