Logo

सहयोगको आशमा मिर्गौला पिडित गायत्री तामाङ



Spread the love

मेलम्ची  नगरपालिका वडा नं १२ गिरानचौरकी गायत्री तामाङले विगत दुई बर्षदेखि मिर्गौला रोग भोग्दै आएकी छन । मृगौला प्रत्यारोपणको लागी आवश्यक खर्च जुटाउन नसक्दा उनको परिवार अरुको आशमा बसेको छ । गायत्री दुबै मृगौला फेल भइ दुई बर्ष देखि जिवन मरणको संघारमा छिन ।

मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचार उपचार गराइरहेकी तामङको हालसम्म २५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको गायत्रीका श्रीमान मैते तामाङले बताए । २०७३ माघमा रगतमा लाग्ने एक किसिमको रोगबाट बच्न उपचार गर्दा गर्दै गायत्रीको दुबै मृगौला फेल हुन पुगेको थियो । चिकित्सकले गायत्रीको मृगौला प्रत्यारोपण गर्ने मिल्ने बताएका छन् । मृगौला प्रत्यारोपणपछि गायत्रीले नयाँ जिवन प्राप्त गर्नेछीन । मृगौला प्रत्यारोपणकालागी २५ लाख जति लाग्ने श्रीमान मैते तामाङले बताए ।

एउटा सामान्य परिवारले यत्तिको खर्च गर्न सक्नुपनी धेरै नै हो । अब भने मृगौला प्रत्यारोपण साथै गायत्रीको जीवन बचाउनकालागि थप २५ लाख जति आवस्यक रहेको छ । यसकालागि तामाङ परिवार सहयोगको आसमा रहेको छ ।तामाङ दम्पतीका ८ बर्षका एक छोरा र साढे २ बर्षकी छोरी छिन् । रकम अभाव भएपछि उनीहरुको लालनपालनमा समेत समस्या भएको गायत्री तामाङका श्रीमानले बताए ।

२०७२ साल बैशाखमा आएको विनाशकारी भूकम्पमा परी भत्किएको घर समेत तामाङ दम्पतीले बनाउन सकेका छैनन् ।  उपचारको लागि सबैले सहयोग गरिदिन हुन श्रीमानले अनुरोध गरेका छन् ।

सहयोगको लागि :
लुम्बिनी विकास बैंक लिमिटेड नारायणटार, जोरपाटी । खाता नम्बर : ०५४१३०२००१९७८४०००००२
फोन नम्बर : ९८६६८८५९५५

प्रतिक्रिया दिनुहोस्