Logo

प्रधानन्यायाधीशमा जबरा सिफारिस



Spread the love

 

संवैधानिक परिषद्ले सर्वोच्चको भावी प्रधानन्यायाधीशमा न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । बिहीबार बसेको परिषद् बैठकले प्रधानन्यायाधीशमा जबराको नाम सर्वसम्मत सिफारिस गरेको हो । परिषद्ले सुनुवाइ प्रक्रिया अगाडि बढाउन पत्राचार गर्ने निर्णय पनि गरेको छ । न्यायालयको सर्वोच्च नेतृत्वका रूपमा २९औँ प्रधानन्यायाधीशका लागि जबरा सिफारिस हुनुभएको हो । राष्ट्रियसभा अध्यक्ष एवं संवैधानिक परिषद् सदस्य गणेशप्रसाद तिमिल्सिनाले सर्वसम्मत रूपमा जबराको नाम सिफारिस गरिएको बताउनुभयो । तिमिल्सिनाले अन्य संवैधानिक आयोगको नियुक्ति प्रक्रिया भने प्रमुख विपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकपछि मात्र हुने बताउनुभयो । महासमिति बैठक पुस ३ गते सकिने छ ।

प्रधानन्यायाधीशका लागि न्याय परिषदले सर्वोच्चका दुई वरिष्ठ न्यायाधीशको नाम पठाएको थियो । जसमा जबरा र दीपकराज जोशीको नाम समावेश थियो । जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइबाट अस्वीकृत हुनुभएको थियो ।
संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएमा जबराको कार्यकाल चार वर्षको हुनेछ । जबरा २०७९ मङ्सिर २८ गतेसम्म सर्वोच्चमा प्रधानन्यायाधीशका रूपमा रहनुहुनेछ । जबरा २०७१ जेठ १३ गतेदेखि सर्वोच्चमा कार्यरत हुनुहुन्छ । २०५३ वैशाख ३ देखि जबराले विभिन्न अदालतमा रहेर न्याय सम्पादन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्