Logo

गुल्मीमा चन्द्र भण्डारी द्वारा पाँच लाख बराबरको अक्षय कोष स्थापना



Spread the love

दुर्गा खड्का , गुल्मी -पौष ५ गते 

आज गुल्मीको छत्र कोट गाउँपालिका वडा नम्बर १ हुगा स्थित जनजागृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै नेपाली काङ्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विद्यालयलाई सिर्जनाको केन्द्रका रूपमा स्थापना गर्नू पर्ने बताउनु भएको छ । भण्डारीले सबै पार्टीका पुराना नेताले अव विश्राम लिनुपर्ने उहाँको भनाइ छ । साथै उहाँले चुनावको वेलामा मात्र काङ्रेस र कम्युनिस्ट भएको तर अघि पछि सबै हामी सबै नेपाली दाजुभाइ भएको बताउनु भएको छ । देशको निम्ति मत दिने जनताको जीवनस्तर वृद्धि नभएकोमा नेता भण्डारीले दुख व्यक्त गनिभयो ।

सोही अवसरमा नेता भण्डारीले पाँच लाख बराबरको अक्षय कोष स्थापना गर्नुभएको छ । उक्त अक्ष्यकोषबाट उत्कृष्ट पत्रकार, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र विद्यार्थीको स्वास्थ्य उपचारको लागि छात्रवृत्ति प्रदान गरिने छ । पाँच दिन सम्म चलेको उक्त स्वर्णमहोत्सवमा अक्षय कोष सहित ४० लाख रकम सड्कलन भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर भण्डारीको अध्यक्षता, वडाका अध्यक्ष धातानन्द भण्डारीको स्वागत मन्तव्य तथा प्रध्यानाध्यापक कमला भण्डारीको सञ्चालन सम्पन्न भएको थियो ।
विद्यालयलाई सिर्जनाको केन्द्रको रूपमा स्थापन गर्नु पर्ने नेता भण्डारीले बताउनुभयो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्