Logo

पौष ८ गते राजधानीमा दिगो सरसफाइ अभियान २०७५ को उद्घाटन गरिँदै



Spread the love


किरण देउबा, काठमाण्डौँ, सल्लेरी खबर ।
“हाम्रो हात सामाजिक उत्तरदायित्वमा साथ” भन्ने नाराका साथ राष्ट्रवादी विद्यार्थी संघ, केन्द्रीय समितिको आयोजनामा र काठमाण्डौँ उपत्यका विभिन्न शैक्षिक संस्थाहरुको सहयोगमा दिगो सरसफाई अभियान राजधानिका विभिन्न स्थानहरुमा एकैसाथ भोलि २०७५ पौष ०८ गते आईतबार उद्घाटन हुँर्दैछ ।

उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संघका सचिव अनुप लामिछानेले बताए । राजधानिको कलंकी, पशुपति मन्दिर क्षेत्र, मध्यबानेश्वर, शान्तिनगर र ईमाडोलको कृष्ण मन्दिर गरी पाँच स्थानहरुमा डस्टविनहरु राखेर कार्यक्रम उद्घाटन गरिने उनले बताए । शैक्षिक सेवा सँगसँगै सामाजिक उत्तरदायित्वमा हाम्रो प्रतिवद्धता जनाउने हेतुका साथ सो कार्यक्रलाई सौजन्य गरिएको ग्ल्यासिएर कलेजका प्रिन्सिपल दिवश शाक्यले बताउनु भयो । सो कार्यक्रमलाई एक्सेल कलेज, चिल्ड्रेन एकेडेमी, श्रम राष्ट्रिय मा.वि. लगाएतका दर्जनौँ शैक्षिक संघ संस्थाहरुले सहयोग गरेको आयोजकले बताए ।

स्वदेशमा रोजगारको सुनिश्चितता, माटो सुहाउँदो शिक्षा र आधारभूत शिक्षा र स्वास्थ्य निशुल्क गरिनुपर्ने मुख्य मागका साथ गत पौष ८ गते प्रथम राष्ट्रिय सम्मेलन गरेको प्रथम वार्षिक उत्सवको अवसरमा दिगो सरसफाई अभियान २०७५ आयोजना गर्न लागिएको संघका अध्यक्ष तारा प्रसाद अर्यालले बताउनु भयो । साथै यस अभियानलाई चरणवद्ध रुपमा देशब्यापी लगिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्