Logo

श्रेष्ठद्वारा नेपाली काँग्रेसलाई एकजुट हुन आग्रह



Spread the love

नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले सर्वसत्तावादको कारण मूलुक र जनता आक्रान्त भईरहेको अवस्थामा नेपाली काँग्रेस एकजुट भएर अघि बढ्न केन्द्रीय नेताहरुलाई आग्रह गर्नुभएको छ ।

शनिबार नेपाली काँग्रेसको महासमिति बैठकमा बोल्दै सभापति श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले नेपाली सदन र सडकमा काँग्रेसको भूमिका कमजोर हुँदा भष्ट्राचार, अनियमितता र विकृति जस्ता घटनाहरु वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सभापति श्रेष्ठले जिम्मेवार प्रतिपक्षको भूमिकालाई बढाई देश र जनताको लागि सोच्न केन्द्रीय नेताहरुलाई अनुरोध गर्नुभएको छ । हामी सत्ता, संगठन र प्रतिपक्षमा समेत असफल भएको कारणले अहिले नेपाली काँग्रेसका आम कार्यकर्ता र नेपाली जनताको बोलि समेत बन्द भएको सभापति श्रेष्ठले बताउनु भयो । हामी एकताको सन्देश दिऊँ किनभने एकता मै नेपाली काँग्रेस तथा हामी सबै कार्यकर्ता र आम नेपली जनताको भविष्य रहेको भन्दै केन्द्रीय नेताहरुलाई गाउँ– गाउँमा जान समेत आग्रह गर्नुभयो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्