Logo

उत्कृष्ट बुहारी सम्मानित



Spread the love


गुल्मीको सत्ववती गाउँपालिकाले उत्कृष्ट बुहारीलाई सम्मानित गरेको छ । गाउँ पालिकाको वाड नम्बर १ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कृषि तथा पशु अभिमुकीरण कार्यक्रमको अवसर पारी सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट शिक्षक, विद्यार्थी, समयमै छोराछोरीलाई बिद्यालय पठाउने अभिभाकलाई पनि सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले, अधिकांश बुढाबुढी हेला भएको अवस्थामा वृद्धको ख्याल एवम् सुसार गर्न बुहारीलाई सम्मान गरी समाजलाई नयाँ सन्देश दिनको निम्ती कार्यक्रम आयोजना गरिएको बताउनुभयो । “हाम्रो गाउँपालिकामा केही फरक गछौँ नकारात्मक होइन सकारात्मक तरिकाले अघि बढ्छौँ”  उहाले भन्नुभयो ।

गाउँपालिकाको यो अभियानले निकट भविष्यमा वृद्धहरूलाई वृद्धा आश्रममा नदेखिने उहाँको भनाई थियो । यो अभियान सबै वाडमा सञ्चालन गरिने छ । त्यस्तै उत्कृष्ट शिक्षकमा विष्णु पाण्डे, विद्यार्थीमा क्षीतिज पाण्डेलाaई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा कृषि शाखाका प्रमुख राम भण्डारी र पशु शाखाका प्रमुख नारायण खनालले किसानले उठाएका जिज्ञासा माथि प्रकाश पार्नू भएको थियो, भने अध्यक्ष पारिश्वर ढकालले एक घर एक करेसाबारीको अवधारणको बारे स्पष्ट पार्नु भएको थियो । कार्यक्रम वाड न १ का वाड अध्यक्ष मुक्तिराम भण्डारीको अध्यक्षता मा सप्पन्न भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्