Logo

ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु



Spread the love

गुल्मीको बाझकटेरीमा ट्रयाक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ । बाझकटेरी माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीया एलिसा केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मदाने गाउँपालिका–२, बाझकटेरीमा तु३त ५३०९ नम्बरको ट्रयाक्टरको ठक्करबाट आइतबार साँझ घाइते भएकी बालिकाको उपचारका लागि तम्घास अस्पतालमा लगिएकोमा गए राति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतले जानकारी दिनु भयो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्