Logo

प्राविधिकहरू ढिला पुग्दा पुन:निर्माण कार्य सुस्त



Spread the love

२०७२ सालको विनाशकारी भूकम्पबाट पीडित बनेका गुल्मी जिल्लाका अधिकांश भूकम्प पीडितले तेस्रो किस्ताको राहत लिन नलिएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका आयोजनाका प्रमुख इन्जिनियर पारस पन्थीले जानकारी दिनुभयो ।

२०७२ सालको भूकम्पबाट गुल्मीका चार हजार १ सय ४४ घर पूर्ण रूपमा क्षेत्र ग्रस्त भएका थियो भने ३९५ वटा घरमा आँशिक क्षेत्र पुगेको थियो । सरकारले भूकम्प पीडितको लागी तिन किस्तामा रकम विनियोजन गर्दै आएको छ । पूर्ण रूपमा क्षेत्र ग्रस्त भएका घरको लागी पहिलो किस्तामा ५० हजार दोस्रो किस्तामा १ लाख ५० हजार र अन्तिम तथा तेस्रो किस्तामा ५० हजार विनियोजन गरेको छ । त्यस्तै आँशिक क्षेत्र पुगेका घरको लागि पहिलो किस्ता र द्रोसो किस्तामा ५० /५० हजार विनियोजन गरेको छ । गुल्मीका चार हजार १ सय ४४ घर पूर्ण रूपमा क्षेत्र ग्रस्त भएकोमा ३९३४ घर दुरीले पहिलो किस्ताको रकम लिएका थिए भने द्रासो किस्ता १९०२ घर धुरिले लिएका थिए ।

त्यस्तै अन्तिम तथा तेस्रो किस्ता जम्मा ७३० जनाले लिएको कार्यालयका प्रमुख पारस पन्थीले बताउनुभयो । रकम लिएपछि केही मापदण्ड पुरा गर्नु पर्न भएकाले राहत लिनेको सङ्ख्या घटेको कार्यालयको भनाइ छ । भूकम्प गएको करिब ३ वर्ष ९ महिना बितिसक्दा पनि गुल्मीमा जम्मा ७३० घर मात्र पुन:निर्माण भएका छन् । स्थानीय सरकार एवम् प्राविधिकहरू ढिला पुग्दा निर्माण कार्य सुस्त बनेको पन्थीको भनाई छ । राहत पाउने प्रक्रिया निकै झान्झ्टिलो भएका कारण आफूहरू राहत लिन नगएको भुकम्म पीडितको भनाई छ । एक किस्ता रकम लिन ६, ७ पटक सदरमुकाम धाउनु परेको उनीहरूको गुनासो रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्