Logo

घास काट्ने खुर्केर आयो जोवान हुर्केर गाउने गायकको निधन



Spread the love

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ। उनको शुक्रबार मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा निधन भएको उनकी छोरी सम्झना लामिछानेले जानकारी दिइन् ।

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समस्याले समेत पीडित थिए ।उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्