Logo

नेपालमा रेल यसरी आउँदैछ



Spread the love

भारत सरकारको करिब १० अर्ब लगानीमा निर्माण भईरहेको ६९ किलोमिटरको जनकपुर-जयनगर-बर्दिबास रेलमार्गको कार्य ३ चरणमा भईरहेको छ । पहिलो चरण अन्तर्गत जनकपुर वडा नं २१ कुर्थासम्म ३५ किलोमिटरसम्मको कार्य पूरा हुने रेल विभाग साईटका एक अधिकारिले जानकारी दिए ।

मिथिला नगरीको रूपमा ख्यातिप्राप्त जनकपुरधामको होल्टमा मिथिलाको संस्कृति झल्किने विभिन्न प्रकारका मिथिला चित्रकलाहरु पर्खालमा बनाईएको छ भने वैदेही स्टेशनको काम लगभग समाप्त भईसकेको छ। त्यसैगरी खजुरीमा रहेको रेल्वे प्लेटफार्ममा प्रतिक्षालय सौन्दर्यीकरणदेखि शौचालय निर्माणसम्मको कार्य अहिले पनि जारी नै रहेको छ। त्यहाँ रेल्वे सिग्नल जडानको कार्य समेत जारी नै रहेको छ उक्त प्रविधिले रेल कुन समयमा कहाँ छ भन्ने कुराको सिग्नल दिने काम गर्ने त्यहाँ कार्यरत एक जना कर्मचारीले बताए ।

हेर्नुहोस् यसरी आउँदैछ नेपालमा रेल तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्