Logo

आज मेलमिलाप दिवस



Spread the love

नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा ४३ आँैं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । काँग्रेसले यसअघि नै केन्द्रबाट ७७ जिल्लामा प्रतिनिधि समेत पठाइसकेको छ ।

भारतमा आठ वर्ष लामो प्रवासपछि नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु वी.पी. कोइराला, गणेशमान सिंह, रामबाबु प्रसार्इं, शैलजा आचार्य, निलाम्बर पन्थी, खुमबहादुर खड्कालगायत २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिन पुस १६ लाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।

नेपाली कांग्रेसका नेता एवम् बी.पी. विचार राष्ट्रिय समाजका अध्यक्ष के.बी. गुरुङले त्यतिबेला बी.पी. मेलमिलापको नीति रणनीतिकरूपमा लिएर आउनु भएको थियो तर अहिले ‘राष्ट्रिय मेलमिलाप र एकता’ दर्शनका रूपमा आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्