Logo

स्वास्थ्य चौकी मा एम .वि.विएस डाक्टरद्धारा सेवा सुविधा



Spread the love

गुल्मीको मुसिकोट नगरपालिकाको स्वास्थ्य चौकीले एम .वि.विएस डाक्टरद्धारा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । नगरपालिका देशमा पहिलो पटक स्वास्थ्य चौकी मा एम .वि.विएस डाक्टरद्धारा सेवा सुविधा दिने पहिलो स्वास्थ्य चौकी समेत बनेको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित वामि स्वास्थ्य चौकीमा यो सेवा सुरु गरिएको हो । नगपालिकाको आफ्नै बजेटद्धारा एम .वि.विस डाक्टर अभय पोख्रेल मार्फत स्वास्थ्य सेवा सुविधा सुचारु गरेको छ  ।

त्यस्तै गत आर्थिक वर्षमा स्वास्थ्य संयोजक डिवि जिसिको नेतृत्वमा राष्टिय जनस्वास्थ प्रयोगशाला टेकुबाट लिइएको ३ लाख बराबरको ल्याब सामग्री  पनि बुधवार देखि प्रयोग गरिएको छ ।अव त्यस क्षेत्रका जनतालाई दिसा ,पिसाब ,खकार ,रगत परीक्षण गर्न सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छ ।

मुसिकोट नगरपालिका सहित छिमेकी जिल्ला बागलुङको बडिगाड गाउँपालिका र गुल्मीकै मालिका गाउँपालिकाका ह्वाड्दि, नेटा ,दर्लिड लगायतका क्षेत्रका जनता प्रत्यक्ष लाभान्दित हुने छन् । मुसिकोट नगरपालिकाले आफ्नै बजेटबाट डाक्टर पोख्रेल सहित ३ जनालाई पारिश्रमिक दिइने बताइएको छ । कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा सोही वडाका वडा अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता ,मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्य ता ,स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष गोपीकृष्ण खरेलको स्वागत मन्तव्य समाजसेवी सुद्धरशन शाक्यले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस्तै कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकीका इन्चार्ज तारा बस्नेतले गर्नुभएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिवि जिसीले जानकारी दिनुभएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्