Logo

प्राविधिक हकहित संरक्षण समिति द्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र



Spread the love

नेपाल कृषि तथा भेटेरिनरि प्राविधिक हकहित संरक्षण समिति जिल्ला कार्य समिति गुल्मीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।समितिले २ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक सञ्चालन निर्देशिका २०७३ बमोजिम विज्ञापन गरी लोकसेवा आयोगको मापदण्ड का आधारमा छनौट भएर हाल स्थानीय तहमा खटिएर गएका एक कृषि तथा पशु प्राविधिक हरूलाई स्थानीय तहमा स्थान दरबन्दी कायम गरी आवश्यक प्रक्रिया पुर्‍याइ स्वतः स्थाइ गरिनु पर्ने र तत्काल नेपाल निजामती सेवा ऐन परिमार्जन चरणमा रहँदा निजामती सेवा ऐनको दफा ८ मा राजपत्र अङ्कित द्धीतिय श्रेणी पद नरहने व्यवस्था गर्न खोजिएकाले हाल सम्म प्राविधिक विषयमा अध्यन पुरा गरेको टिएसएलसि कृषि ,भेटेनरि ,अमिन लगायतका प्राविधिक पद कायम गरी खुल्ला विज्ञापन पदपूर्ति गरिनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको बताइएको छ । आज जिल्ला प्रशासन गुल्मीमा पुगी समितिका अध्यक्ष कृष्ण प्रसाद कंडेलद्धारा हस्ताक्षरित पत्र बुझाइएको हो । एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक सृजना भएपछि देश भरिनै कुल गाहस्थ उत्पादन बढेको स्मरण गराउँदै प्राविधिकको उचित व्यवस्थापन गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्