Logo

रवीन्द्र अधिकारीलाई बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी



Spread the love

वाईडबडी खरिदमा भएको अनिमियतता र भ्रष्टचारको कारण सरकार यतिबेला आलोचित बनिरहेको छ । वाईडबडी बिमान घोटाला छानबिन गर्न गठित संसदीय उपसमितिले चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन सार्वजनिक ग¥यो तर सरकारले उक्त प्रतिवेदनलाई अस्वीकार गर्दे छानबिन समिती गठन गरेको छ । वाईडबडी प्रकरणको कारण नेकपाभित्र ठुलो भुईचालो गएको छ । बिमान घोटालामा मन्त्री रवीन्द्र अधिकारी मुछिएपछि उनलाई बर्खास्ती गरी कारवाही गर्न नेकपाभित्रै र बिपक्षी दलबाट पनि चर्काे दबाब यतिबेला सरकारलाई परिरहेको छ ।

यसैबीच पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री ओलीलाई भेटेर मन्त्री अधिकारीलाई बर्खास्त गर्न दबाब दिएको बताईएको छ । चर्काे दबाब परेपछि हिजोमात्र प्रचण्ड र ओलीले भेटवार्ता पनि गरेका छन् । पार्टीभित्रै बिवाद र चर्काे दबाब भएपछि प्रधानमन्त्री ओलीले मन्त्री अधिकारी बर्खास्त गर्ने तयारी गरिरहेको श्रोतको दाबी छ । संसदीय उपसमितिले वाईडबडी बिमान खरिदमा मन्त्री अधिकारीसंगै पूर्व मन्त्रीद्धय जीवन बहादुर शाही र जीतेन्द्र नारायण देवलाई पनि दोषी देखाएको छ ।बिमान खरिदमा भएको घोटालामा मन्त्री अधिकारीको हात नभएपनि नैतिकताका आधारमा उनले राजिनामा दिनु पर्ने यतिबेला टिप्पणी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्