Logo

खानेपानिमा मनपरी भएको भन्दै उपभोक्ता आक्रोशित



Spread the love

गुल्मीको एक खाने पानी मुहानमा चरम मनपरी भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खले स्थित छर छरे खानेपानिको विवाद एक महिना भई सक्दा पनि अझै मिल्न सकेको छैन ।

वडा नम्बर ४ अर्खलेका वडा अध्यक्ष विजय मरासिनिले उपभोक्ता सँग छलफल नगरी सिधै आफूखुसी खानेपानि अन्यत्र लैजान सहमति दिएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले आरोप लगाउनु भएको छ । तर आफूले जिम्मेवार व्याक्तिसंग सल्लाह गरेर खानेपानि अन्यत्र लैजान सहमति भएको अध्यक्ष मरासिनिको भनाइ रहेको छ । पछिल्लो समय नगरपालिकालाई ट्याड्कि बाँध्ने कार्य रोक्न भनी चिठी पटाउँदा समेत नगरपालिकाले वास्ता नगरेको पाण्डेले बताउनु भयो । रेसुङ्गा नगरपालिका- ४ अर्खलेमा १५० घरधुरीले उपभोग गर्दै आएको उक्त खानेपानि वडा नम्बर २ मा लैजाँदा आफूहरूलाई समस्या पर्न उपभोक्ताको गुनासो छ ।

उपभोक्ता समितिका अध्यक्ष पाण्डेका अनुसार “आफूहरू अहिले सम्म चार पटक नगरपालिकामा धाउँदा समेत नगरपालिकाले आफ्नो मागलाई वास्ता नगरेको बताउनु भयो । पाण्डेले भन्नु भयो “पानी लानै नमिल्ने होइन तर सहमति गरेर लैजानु पर्छ ” ।
वाड नम्बर २ ले आफूहरू माथि हेपाहा प्रवितृ देखाएको वाड नम्बर ४ का उपभोक्ताको गुनासो रहेको छ ।

नगरपालिकाले भने पानीको विषयमा सीमित अधिकार भएकाले यो विषयमा निवेदक प्रशासक हरि प्रसाद पोख्रेल बिदामा रहेको र आएपछि छलफल हुने रेसुङ्गा नगरपालिकाको उपप्रमुख सिता भण्डारीको भनाइ छ । साथै पहिला दुवै पक्ष बिच सहमति भएको र पछि आपसमा तिक्तता आएपछि विवाद उत्पन्न भएको उपप्रमुख भण्डारी ले बताउनु भयो । यता वडा नम्बर २ धागिथुमका वडा अध्यक्ष उदय बहादुर थापाले भने सबै प्रक्रिया पुराइ खानेपानिको योजना अघि बढाइएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्