Logo

मोटर बाटो विकासको योजना पारदर्शी भएन । भ्रष्टाचारको अनुमान !!



Spread the love

गुल्मीको अग्लुङ्ग फेदी घडेरी, निपाने हुँदै सोइरे जोड्ने मोटरबाटको लागि आ. व २०७५/७६ मा रु १६ लाख बजेट छुट्टाइएको थियो । उक्त विकास निर्माणको कार्य सम्पन्न गर्न कार्य केही महिना अगाडि बढेको थियो । अहिले कार्य सम्पन्न भयो भन्दै मोटर बाटो पास गर्न जाँदा उक्त बाटोलाई गाउँपालिकाले पास गरेन। उक्त मोटरबाटको कार्यमा पारदर्शी नभएको भन्दै गाउँपालिकाले बाटो पास गरेको छैन। हामीले पाएको तथ्याङ्कअनुसार उक्त मोटर बाटो सम्पन्न गर्न बोकेट ९८ घण्टा र ब्रेकर १५१ घण्टा लगाइएको छ ।

गाउँपालिकाको रेट अनुसार बोकेट तर्फ रु ३,५००/- र ब्रेकरतर्फ रु ४,५००/- प्रति घण्टा लाग्दछ। यद्यपि उक्त मोटरबाटको लागि बोकेट तर्फ रु ५,५००/- र ब्रेकरतर्फ रु ६,५००/- प्रति घण्टा लगाइएको छ। यसो गर्दा गर्दै पनि रकम पारदर्शी हुन सकेको छैन। यसो हामी आङकलन गर्दा रु १० लाख रकम खर्च हुन आउँछ। करिब ६ लाख रकम भ्रष्टाचार भए कै हो त? होइन भने के भयो? यसै कुरालाई लिएर मदाने गाउँपालिका विकास अनुगमन समिति संयोजक तथा उपाध्यक्ष सरिता खड्काले बाटो पास नहुने प्रतिबद्धता जनाउनु भएको छ। यश विषयमा बोल्दै नेपाली काङ्ग्रेस मदाने गाउँपालिका अग्लङ्गका सभापति सुशील चन्दले यो विकास पारदर्शी छैन, यसको ठेकेदार,स्थानीय प्रतिनिधि लगायतको हात रहेकोले सडक निर्माण कार्य फेरि गरी रकममा पारदर्शिता नआए न्याय माग्दै कानुनको ढाेका ढक ढकाउन जाने बताउनु भएको छ। उहाँले सडक मूल्याङ्कन गर्न आएका ओभरसियर प्राविधिक हरूलाई पनि कसैको दबाबमा परेर मूल्याङ्कन नगर्दिन अनुरोध गर्नुभएको छ।

यश विषयमा पालिका स्तरीय विकास अनुगमन समिति कि संयोजक तथा पालिका उपाध्यक्ष सरिता खड्कालाई भेटेर आफूले गम्भीर ध्यानाकर्षण गराएको नेपाली काङ्ग्रेस मदाने गाउँपालिका अग्लङ्गका सभापति सुशील चन्दले ध्यानाकर्षण गराउनुभएको छ। ध्यानाकर्षण गराएकै कारण उक्त योजना पास नभएको चन्द ले दाबी गर्नुभएको छ। “मैले याे सडकको केस धेरै अप्ठ्यारै गर्न खाेजेकाे छैन यति खबरदारी गर्दागर्दै कसैले पेलेर जान खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको सामाना गर्न तयार हुन सम्बन्धी निकायलाई चेतावनी दिँदै, अब बाकि रहेको रकमले छिटो भन्दा छिटो मोटर बाटो निर्माण कार्य गरियाेस”चन्दले भन्नुभयो। समाजमा हुने यस्ता कुकाम माथि आवाज उठाउनु सबैको अधिकार छ। यस मोटरबाटको रेट किन बढाइयो भनेर भनेर प्र्श्न गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्