Logo

गुल्मीको एक विद्यालय द्वारा ७५ करोड रकम बराबरको गुरु योजना प्रस्तुत



Spread the love


गुल्मीको सदरमुकाम तम्घास स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयले आफ्नो पञ्चर्वर्षीय गुरु योजना प्रस्तुत गरेको छ ।

पञ्चर्वर्षीय गुरु योजनामा शैक्षिक ,भौतिक, व्यवस्थापकिय एवम् विविध शीर्षक मा ७५ करोड रकम बराबरका गुरु योजना अघि सारिएको छ । जहाँ शैक्षिक क्षेत्र मा १५ करोड ५५ लाख ५१ हजार ,भौतिक क्षेत्र मा ४१ करोड २७ हजार , व्यवस्थापकिय क्षेत्र मा ३ करोड ६२ लाख ४ हजार त्यस्तै अन्य विविध शीर्षक मा १५ करोड ६ लाख ६९ हजार लागत लाग्ने विभिन्न योजना हरू अघि सारिएको छ ।

औसत सिकाई उपलब्धि गर्न विद्यार्थी केन्द्रित सिकाई मैत्री वातावरण सिर्जना गर्न शैक्षिक केन्द्रको रूपमा विकास गर्न ,आधुनिक पुस्तकालय,प्रयोशाल स्थापना गर्न ,छात्रा वास निर्माण गर्न योजनाहरू रहेका छन् ।

आइतबार विद्यालयका प्रर्चाय केशर बहादुर थापाले १८७ पेज को कार्य योजना प्रस्तुत ।गर्न भएको थियो । कार्यक्रम मा मन्तव्य राख्दै विद्यालय निरीक्षक पीताम्बर पन्थी ले अब को पाँच वर्ष पछि महेन्द्र नमुना माध्यमिक विद्यालय साचिकै नमुना मा वि हुने बताउनु भयो । तस्तै नगरपालिका का प्रमुख डिल्ली राज भुसाल ले विद्यालय को आन्तरिक विषयमा बोल्नु भएको थियो । भने फरक उहाँ ले विकास निर्माण को कार्य मा विरोध मात्र भएको बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति का पदाधिकारी , जन प्रतिनिधि , राजनीतिक दल का पत्रकार लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणि पन्थी को अध्यक्षता तथा सहायक प्रर्चाय युवराज ज्ञवाली को सञ्चानल मा सम्पन्न भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्