Logo

“पर्यटन सम्बन्धी ज्ञान, पर्यटन बिद्यार्थी कै माध्यमबाट ग्रामीण क्षेत्रसम्म पुर्याउछौं ।”



Spread the love

रोजकिरण रावत

संस्थापक तथा अध्यक्ष

नेपाल पर्यटन बिद्यार्थी संजाल

 

हामी पर्यटन अध्ययनरत बिद्यार्थीहरुले नेपाल पर्यटन बिद्यार्थी संजाल नामक सामाजिक संस्थाको स्थापना गरेका छौं । यो एउटा गैरसरकारी, सामाजिक अनि नेपाली पर्यटन उत्थानका लागि स्थापित पर्यटन तथा होटेल ब्यवस्थापन अध्ययनरत बिद्यार्थीहरुको संजाल हो । नेपाली पर्यटन बिद्यार्थीहरुलाइ बिभिन्न माध्यमबाट जोडेर नेपाली पर्यटनको प्रचारप्रसार गर्न र उद्यमशील क्षमताको बिकास गर्ने उद्देश्यले यो संस्थाको परिकल्पना गरिएको हो ।

पर्यटन बिकासका लागि स्रोत र साधनको सदुपयोग गर्न सिक्न , पर्यटन सम्बन्धी ज्ञान पर्यटन बिद्यार्थी कै माध्यमबाट ग्रामीण क्षेत्रसम्म पुर्याउन र समग्र पर्यटन तथा होटेल ब्यवस्थापन बिद्यार्थीहरुलाइ एकआपसमा जोडी सृजनात्मक बिचारहरु आदानप्रदान गरी नेपाली पर्यटन प्रबर्द्धनका लागि उच्चस्तरीय योगदान पुर्याउने यस्को मुख्य लक्ष्य हो । यस्को प्रधान कार्यालय तारकेस्वर न.पा. वडा न. ८ काठमाडौमा रहेको छ ।

नेपालमा पर्यटन सम्बन्धी अध्ययन गरिरहेका पर्यटन बिद्यार्थीलाई अध्ययन सँगसँगै खोज पर्यटनतिर पनि लाग्न उत्प्रेरित गरी नेपाल राज्यभर भएका पर्यटकिय गन्तव्यहरुबारेमा बिस्तृत विवरण पत्ता लगाइ नेपाली पर्यटनको प्रचारप्रसार र बिकास गर्ने हाम्रो मुख्य कर्तव्य हुनेछ । यसले बिद्यार्थीलाई नेपाली पर्यटन बिकासमा बढि जिम्मेवार बन्न प्रेरणा दिनेछ । हामी देशका ७७ वटै जिल्लामा हाम्रा पर्यटन साथीहरुलाई जिल्ला पर्यटन बिद्यार्थी दुतको रुपमा जिम्मेवारी दिनेछौ । जसले आफ्नो सम्बन्धित जिल्लाबारेमा पर्यटकिय महत्व, सम्भावना, अवसर, चुनौती, सुबिध, असुविधा, आदिका बारेमा बिस्तृत प्रतिबेदन र तथ्यांकहरु खोज्ने छ ।

जिल्लाको बारेमा बिस्तृत पर्यटन प्रतिबेदन निर्माण गर्न हामीले संबन्धित जिल्लाका स्थानीय प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, समाजसेवी तथा राजनीतिक ब्यक्तित्व, ब्यापारी, बिद्यार्थी, स्थानीय बासिन्दा सबैको सहयोग र साथ लिनेछौ । हामी नेपालका प्रत्येक नागरिकलाई देशको समग्र पर्यटन र पर्यटकीय गन्तव्यबारेमा जानकारी दिनेछौ । देशको पर्यटन बिकासको लागि हाम्रा कला-संस्कृति, रहनसहन, भेषभुषा, बाजेबराजुले खाने गरेका खानाका परिकारहरुको संरक्षण अब हामी नयाँपुस्ताले गर्ने अठोट गरेका छौ । हाम्रा पुर्खाले हामीलाई सुम्पेका सम्पतिहरुको सदुपयोग गर्दै उद्धमशीलता तर्फ अगाडि बढि पर्यटनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याइ समृद्द देशको समृद्द नागरिक बन्ने हामी पर्यटन बिद्यार्थीको सपना छ ।

देशमा एक्लैले अथवा एक जनाको प्रयासले मात्रै पर्यटन बिकास सम्भव छैन । त्यसैले हामी एक एक जना तर एकैपटक आत्मबिस्वास, इच्छाशक्ति, शिप, जाँगरका साथ लाग्दैछौं । परिवर्तन हाम्रै पालामा सम्भव छ यो हामीले अंतरआत्मा देखिनै बुझेका छौ । अहिले नेपाली पर्यटनको बिकास हुदै गर्दा केहि गलत र संकुचित सोच राखेका पर्यटन ब्यवसायीहरुले नेपाल आउने पर्यटकहरुमा नराम्रो ब्यवहार अनि कृतिम समस्या सृजना गरी पर्यटकहरुलाई अनावश्यक दु:ख दिने काम भैरहेको छ । यसबारेमा पनि हामी कडा कदम चाल्ने छौ । पर्यटन बिद्यार्थीमा बढिभन्दा बढि सिर्जनशीलता, आत्मविश्वास, उद्यमशीलता, सकारात्मक सोचको बिकास गर्न हामीले जोड दिनेछौ । हामीले स्वदेशमै अवसरहरु सृजना गर्ने वातावरणको निर्माणतर्फ ध्यान दिनेछौ ।

हामीले नेपाल सरकारका पर्यटनसम्बन्धी हरेक गतिविधिहरुमा साथ र सहभागिता जनाउने छौ । अब आउँदै गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई सफल बनाउन हामी पर्यटन बिद्यार्थीहरुले नेपाल सरकारलाई स्वयंसेवकको रुपमा सहयोग गर्ने छौ । हामीले देशभरको पर्यटन प्रचारप्रसारमा नयाँ नीति तथा कार्यक्रमहरु ल्याउने छौ । सोच्नुपर्ने र गर्नुपर्ने धेरै छ । हजुरहरुको साथ, सल्लाह, सुझाव र टिप्पणीहरुले हामीलाई ठुलो मद्दत र प्रेरणा मिल्नेछ ।

संस्थाको उद्देश्यहरु संक्षिप्तरुपमा :-
१. पर्यटन बिद्यार्थीको माध्यमबाट नेपालको पर्यटनको प्रचारप्रसार गर्ने ।

२. पर्यटन बिद्यार्थीमा उद्यमशीलताको बिकास गर्ने ।
३. पर्यटन बिद्यार्थीलाई एकआपसमा जोडि पर्यटन सम्बन्धी सिर्जनात्मक बिचारहरु आदानप्रदान गर्ने ।
४. पर्यटनको हिसाबले महत्वपूर्ण पुराना कला-संस्कृति र सम्पदाहरुको संरक्षणमा युवापुस्तालाई जागरुक गराउने ।
५ . पर्यटनसम्बन्धी ज्ञान र सीप पर्यटन बिद्यार्थीकै माध्यमबाट ग्रामीण क्षेत्रसम्म पुर्याउने ।

प्रतिक्रिया दिनुहोस्