Logo

गुल्मी उद्योग वाणिज्य संघ २७ औ वार्षिक साधारण सभा उद्घाटन



Spread the love

गुल्मी उद्योग वाणिज्य संघको २७ औ वार्षिक साधारण सभाको शुक्रवार उद्घाटन गरिएको छ । संस्थाका अध्यक्ष दुर्गा प्रसाद पाण्डको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा रहनुभएको थियो ।

गुल्मी उघोग वाणिज्य सङ्घले ३ वर्षमा गरेको कार्य प्रगति साथै समितिको पुनर्गठनका लागी शुक्रवार नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रय सदस्य तथा प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारी, रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसाल, नेकपा एमाले जिल्ला कमिटी सचिव बुद्धि जिसी, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति भुवन श्रेष्ठ, साथै १२ वटै स्थानीय तहका प्रतिनिधि सँग संस्थाका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोल्छाले गुल्मी कफीका लागी अति सम्भावित क्षेत्र भएको र गुल्मीको कफी विश्वमा जाने भए पनि कफीका लागी गुल्मी त्यति सारो प्रख्यात हुन नसकेको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सङ्घका वरिष्ठ उपाध्यक्ष श्री प्रसाद भलामीले गुल्मीमा रहेका हरेक साना व्यवसायको संरक्षणको जिम्मा अब उद्योग वाणिज्य सङ्घ माथि परेको बताउनुभयो । यसै गरी कार्यक्रममा बोल्ने वक्ताहरूले गुल्मीको हरेक सम्भावित उत्पादनलाई बढुवा दिँदै अगाडी बढ्न सुझाएका थिए ।

गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले अन्तमा प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको पहिलो सत्रको समापन गर्नुभयो । कार्यक्रम शनिवार सम्म चल्नेछ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्