Logo

मोहित जोशीको गजल



Spread the love

मोहित जोशी

 

आमाले पुज्ने भगवानको विश्वास छोडेर आयो

धेरै बाँचेस् भन्थिन् बिहान छोरो मरेर आयो !!

 

बदसुरतीलाई खुबै सराप्थे मान्छेहरू

सयौंको दिल एक हसिन चेहरा तोडेर आयो !!

 

डोली र जनाजा एकैसाथ निस्कियो त्यहाँ

सायद कुनै गरिब दाइजो दिएर आयो !!

 

कसको विश्वास गर्नु र कसको नगर्नु खै

बुवा बिरामी हुँदा छोरो वकिल लिएर आयो !!

प्रतिक्रिया दिनुहोस्