Logo

आइसेक इन नेपालको प्रमुखमा भारतका अभिषेक भोइटे निर्वाचित



Spread the love
तस्बिर : आशिष खत्री

पुस २७ देखि सुरु भई काठमाडौँमा ३ दिन सम्म चलेको आइसेक नेपालको राष्ट्रिय सम्मेलन हिजो मात्र सकिएको छ । आइसेक संसारकै सबै भन्दा ठुलो, युवाहरू द्वारा परिचालित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । जसले युवाहरूलाई क्षमता अभिवृद्धि, क्रस कल्चरल ग्लोबल इंटर्नशिप, विभिन्न देशहरू बिच स्वयंसेवक आदानप्रदान, र समाजमा युवाहरूलाई परिचालन गरी सकारात्मक प्रभाव पार्ने काम गर्दछ ।

दोस्रो विश्वयुद्ध पछि सन् १९४८ मा स्थापना भएको यस गैरसरकारी, मुनाफारहित संस्था अहिले १२८ देशमा फैलिएको छ । २७,००० भन्दा बढी सदस्यहरू रहेको यस संस्थामा बर्सेनि विभिन्न देशहरूमा गरी ५०० भन्दा बढी राष्ट्रिय सम्मेलनहरू हुने गर्दछन् ।

तस्बिर : आशिष खत्री

काठमाडौँमा सम्पन्न भएको सम्मेलन पनि ती ५०० मध्यको एक हो ।

नेपालमा भने आइसेक इन नेपालको स्थापना सन् २०१३ मा भएको हो । अहिले नेपालमा ४ ओटा लोकल कमिटीहरू रहेका छन् । जसमा आइसेक इन काठमाडौँ, आइसेक इन काठमाडौँ साउथ (पाटन), आइसेक इन के यु(काठमाडौँ युनिभर्सिटी) र आइसेक इन लुम्बिनी ।

सम्मेलन बाट आइसेक सदस्यहरूको अन्तर्राष्ट्रिय समुदायलाई नेपालका आइसेक सदस्यहरू सङ्ग नेट्वोर्किङ्ग बढाउने, व्यावसायिक सीप बारे सीप हस्तान्तरण गर्ने, र संस्थाको उद्देश्य अनुरूप काम गर्न सिकाउने उद्देश्यहरू रहेको आइसेक इन काठमाडौँ की अध्यक्ष अभिनी दीक्षितले जानकारी दिइन ।

तस्बिर : आशिष खत्री

सम्मेलन यात्री होटेलमा ३ दिन सम्म चलेको थियो । पुस २७ देखि सुरु भएको सम्मेलन पुस २९ मा सकिएको हो । यो अहिले सकिएको सम्मेलनको मुख्य उद्देश्य अलि फरक थियो । सम्मेलनबाट नेपालका लागि प्रमुख मानिने प्रेसिडेन्ट अफ आइसेक इन नेपालको समेत निर्वाचन भएको थियो । ३ प्रतिस्पर्धीलाई उछिन्दै भारतका अभिषेक भोइटे सन् २०१९/२० का आइसेक इन नेपालको लागि प्रेसिडेन्टमा निर्वाचित भएका हुन । ३ प्रतिस्पर्धी मध्य नेपालको तर्फबाट सदिक्षा कार्कीले भाग लिएकी थिइन भने भारतको तर्फबाट अभिषेक भोइटे र सुदिपन मल्लिकले भाग लिएका थिए ।

सम्मेलनका केही तस्बिरहरू !!

निर्वाचित अभिषेक भोइटे बायाँ भने प्रयोग माली दायाँ २०१८/ १९ आइसेक इन नेपालका प्रेसिडेन्ट !! तस्बिर : आशिष खत्री
तस्बिर : आशिष खत्री

तस्बिर : आशिष खत्री

प्रतिक्रिया दिनुहोस्