Logo

आफ्नै विद्यार्थी छात्रामाथि यौन दुर्ववहार



Spread the love

अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले सङ्घर्षरत कार्यक्रमलाई तीव्रता दिएको छ। नवलपुर जिल्ला स्थित मुकुन्द सेन ईंग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल राजेन्द्र पौडेलले आफ्नै विद्यार्थी छात्रामाथि यौन दुर्ववहार गरेको घटनाप्रति संवेदनशील हुँदै पीडित परिवार सँग भेटघाट तथा छलफल गरेको हो। अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र बि.क. को नेतृत्वमा विद्यार्थीका नवलपुर जिल्ला संयोजक अविनाश, स्थानीय पार्टीका इन्चार्ज शीतल,अखिल (क्रान्तिकारी) पाल्पाका सचिव श्रीराम बस्याल, विद्यार्थी नेता वीरेन्द्र राज काफ्लेको सहभागितामा पीडित परिवारसँग घटनाको अनुसन्धान गरेको छ।

पीडित परिवारले विगत देखि नै उक्त शिक्षकबाट अरूमाथि पनि यस्ता क्रियाकलाप हरू गर्ने गरेको भन्ने सुनिन आएको र यो घटनाले वास्तविकता पुष्टि भएको भन्दै सम्बन्धित निकायले दोषीलाई कानुनी दायरा भित्र नल्याए अखिल (क्रान्तिकारी)ले गर्ने जनकारबाहीमा आफ्नो समर्थन र सहभागिता रहने जनाएका छन्। घटना लुकाउन खोजिए यसले विद्यार्थीको मानसिकतामा असर पुग्ने र पीडित पक्षले न्यायको अनुभूति गर्न नसक्ने भन्दै सङ्घर्षका कार्यक्रमलाई जोड दिने संयोजक अविनाशले जानकारी गराउनुभयो। निर्मला पन्तको हत्यारालाई सरकारले उन्मुक्ति दिँदा यस्ता कुकार्यहरूलाई थप प्रोत्साहन मिलेको भन्दै आफ्नो सङ्गठन अब चुपचाप बस्न नसक्ने क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र बि.क ले चेतावनी दिनुभयो।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्