Logo

गृह सचिव र प्रमुख जिल्ला अधिकारी बिच कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर



Spread the love

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बिच कार्य सम्पादन सम्झौता पत्रमा सोमवार हस्ताक्षर भएको छ ।

नेपाल सरकार गृह मन्त्रालयले देशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्य मूल्याङ्कन योजना अन्तरर्गत् सोमबार गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसँग सम्झौता भएको हो ।

नेपाल सरकार गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लामा १ सय २ र सिमाना नजोडिएका जिल्लामा ९९ पूर्णाङ्कमा प्रमुख जिल्ला अधिकारीको कार्य सम्पादन मूल्याङ्कन गर्ने भएको छ ।

विभिन्न शीर्षकमा प्रमुख जिल्ला अधिकारीको मूल्याङ्कन हुनेछ । मुख्य नतिजाको क्षेत्र, शान्ति सुरक्षा र अमयन चयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार रूपान्तरण, विपद व्यवस्थापन, समन्वय र सहजिकरण, सदाचार र आर्थिक अनुशासन लगायतका शीर्षकमा मूल्याङ्कन गरिनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि गुल्मी टेलिभिजन र सल्लेरी खबर सँग कुरा गदै अधिकारीले भन्नु भयो “गृह प्रशासन लाई चुस्त दुरुस्त बनाएर लैजाने नागरिक हरू को सेवा सुरक्षा प्रति सजग हुने, केन्द्रीय योजना हरू को मूल्याङ्कनलाई प्रभावकारी बनाउने उद्देश्यले यो योजनामा हस्ताक्षर भएको हो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्