Logo

मिडिया र स्थानीयको व्यापक दबाबको कारण भ्रष्टाचार हुन पाएन



Spread the love

अनिल खत्री

२ माघ, गुल्मी-  सल्लेरी खबरमा गत पौष २२ गते अग्लुङ फेँदी-घडेरी- निपाने हुँदै सोईरे जोड्ने मोटरबाटो सम्बन्धी समाचार प्रकाशित भएको थियो । त्यसपछी अग्लुङको अनियमितता बारे सामाजिक संन्जालमा निकै बहस,चर्चा-परिचर्चा भयो । विभिन्न अनलाइन मिडिया लगायत अन्य मिडियाले यसलाई प्राथमिकताका साथ प्रस्तुत गरिदीए ।


ठेकेदार र सम्बन्धित जिम्मेवार व्यक्तिहरु तथा जनप्रतिनिधिहरुको सामाजिक संन्जालमा निकै कडा आलोचनाहरु मात्रै भएन उनिहरुलाई दबाब दिदै सचेत समेत बनाईयो । यसबारे धेरैले सकारात्मक प्रतिक्रिया दिए भने केही आक्रोशित भए। विशेष गरी धेरैले यसबारे आलोचनात्मक दवाव दिए। जसले गर्दा आज स्थानीय स्तरका नेता तथा जनप्रतिनिधि हरुको ध्यानाकर्षण गराउन सफल भयो । यसबारे विशेष गरी नेपाली काङ्ग्रेस अग्लुङ्गका सभापति सुशील चन्दले आवाज उठाउने क्रममा स्थानियहरुले मोटरबाटो सम्बन्धी धेरै कुरा जान्ने अवसर पाए । चरम दवाब पछी आज बिहान आम जनताहरुको उपस्थितिमा बैठक सम्पन्न भयो ।

आव २०७५/७६ का लागि यस मोटरबाटोको लागि १६ लाख विनियोजित भएको थियो । यसअघि हामिले करिब ६ लाख रकम अनियमितता भएको हुन सक्ने समाचार प्रकाशन गरेका थियौ । तर मिडियामा सार्वजनिक भएजती ६ लाख भ्रष्टाचार नभएको स्थानिय प्रतिनिधि नमराज मल्लले जानकारी बैठकमा गराए । विनियोजित १६ लाख रकममा १३ %( चार लाख चाउन्न हजार दुई सय पच्पन्न ) भ्याट लगाइएका कारण सबै रकम बराबरको काम हुन नसकेको उनले दावी गरे ।

बैठकपछी संचारकर्मीहरुसँग बोल्दै स्थानिय प्रतिनिधि मल्लले भ्याट लागेको रकम बराबरले पुन: बाटो निर्माण गरिने सहमति भएको जानकारि दिए । यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै अग्लुङ काँग्रेसका सभापति तथा युवा समाजसेवी सुशील चन्दले आज अग्लुङे जनताको ऐतिहासिक जित भएको बताएका छन । उनले आफ्नो फेसबुकमा लेखेका छन,”भ्रष्टाचारिको कुनै जात, धर्म र राजनीति हुँदैन यो समाजको सबैभन्दा ठुलो रोग हो यसबारे सबै सचेत रहनुहुन अपील गर्दछु” ।

समाजमा हुने गरेका भ्रष्टाचार जस्ता नराम्रा बिषयसम्बन्धी समाचार सम्प्रेषण गर्न पाउनु र त्यसको प्रभावले समाज र देशको हित भएको देख्दा हामीले पनि गौरावान्वित महसुस गर्ने अवसर प्राप्त गरेका छौं । समाजमा हुने यस किसिमका विकृतिहरुलाई जनतासामु ल्याउनु मिडियाको कर्तव्य रहेको हुँदा सबैलाई सचेत हुन र यस्ता जानकारीहरु हामी समक्ष पुर्याइदिनुहुन सबैमा अनुरोध गर्दछौ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्