Logo

गुल्मीमा आफ्नै श्रीमती हत्या गर्ने खोज्ने एक युवा प्रहरी हिरासतमा



Spread the love
सांकेतिक तस्बिर

आफ्नै श्रीमती हत्या गर्ने खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर ७ बस्ने ३१ वर्षीय यदुमणि काफ्लेले श्रीमतीको हत्या प्रयास गरेका थिए ।

काप्लेलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले बताए ।

यदुमणिले पौष १८ गतेको दिन नाम नखुलेको औषधी सेवन गराई ज्यान लिने प्रयास गरेको आरोप छ । यदुमणिलाई पौष २२ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा ज्यान मार्न उद्योग सम्बन्धी मुद्दा दर्ता गरी अनुसान्धन सुरु गरिएको खड्काले सल्लेरी खबरलाई बताए । पुनः पौष २७ गते थप सात दिन म्याद थपी अनुसन्धान भइरहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्