Logo

कर्वड हल तथा भवन निर्माणको कार्य सुरु भए सँगै गुल्मेली हर्षित



Spread the love

जिल्ला खेलकुद विकास समितिको कर्वड हल तथा भवन निर्माण को कार्य सुरु गरिएको छ । राष्टिय खेलकुद परिषद्को ५० लाख आर्थिक सहयोगमा भवन निर्माण तथा कर्वड हल निर्माणको कार्य अगाडी बढाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भन्डारीले जानकारी दिनु भयो ।

शुक्रवार गुल्मी टेलिभिजन र सल्लेरी खबर सँग विशेष कुराकानी गदै उहाँले भन्नुभयो “वैशाख सम्म काम सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको छ । साथै योजना सम्पन्न गराउन रकम अभाव हुन सक्छ, जिल्लाका सबै स्थानीय तह लाई सहयोग गर्न आग्रह गर्दछु ।”

वरिष्ठ समाजसेवी वालसिंह काउछाको नेतृत्वमा निर्माण भइरहेको उक्त योजना समयमै सम्पन्न हुने खेलकुद विकास समितिको विश्वास रहेको छ । जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि तथा समाज सेवीहरूको पहलमा उक्त योजनाको लागी राखेपले रकम छुटाएको हो ।
उक्त योजना सम्पन्न भए सँगै जिल्लाको खेलकुद विकास सँगै आर्थिक विकासमा पनि राम्रो फाइदा हुनेछ ।

५ वटा सटर भाडामा जाने र त्यसबाट प्राप्त रकम खेल विकासमा लगाउने जिल्ला खेलकुद विकास समितिको उद्देश्य रहेको छ । साथै खेलाडीहरूले पनि नियमित अभ्यास गर्न पाउने छन् । यस अघि भवन तथा कर्वड हल जिर्ण हुँदा खेलाडीहरूलाई अभ्यास गराउन समस्या पर्दै आएको थियो ।

जिर्ण बनेको कर्वड हल तथा भवनले लामो समय पछि मुहार फेरिन लागे पछि खेलप्रेमी एवम् स्थानीय बासी हर्षित बनेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्