Logo

एक किलो अग्रर वुडको मूल्य २० हजार डलर, गुल्मीमा उत्पादन भइरहेछ



Spread the love

०५ माघ, गुल्मी- सुन्दा अचम्म लाग्न सक्छ, कुनै कृषिजन्य बस्तुको मूल्य २० हजार डलर अर्थात् करिब २३ लाख नेपाली रुपैयाँ ! तर गुल्मीका एक किसानले यस्तै खेती गरेका छन् । हामीले दैनिक जसो प्रयोग गर्ने पर्फ्युम अर्थात् अगर उत्पादन गर्न तम्सिएका छन्, उनी । उदाहरणीय कार्य गरी सिङगो देश र जिल्लालाई विश्वमाझ चिनाउन सफल भएका छन् ।


जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ८ का ५८ वर्षीय धन बहादुर पुनले अग्रर वुड रोपेका छन् । यो रोपेको २५ वर्ष पछि प्रतिफल पाउन सकिने उनले बताए । उनले खेती सुरु गरेको १५ वर्ष भएको छ । अब को १० वर्षपछि अग्रर वुडको एक किलोबाट २० हजार डलर आम्दानी हुने विश्वास उनले लिएका छन् । अग्रर वुडबाट निस्कने पदार्थ अर्थात् चोप पर्फ्युम बनाउन प्रयोग गरिन्छ । जसको बजार मूल्य करिब २० हजार डलर पर्ने उनले बताए ।

उनले अग्रर वुडका साथै व्यावसायिक रूपमा सुन्तला, कागती खेती र बाख्रा पालन समेत गदै आएका छन् । उनको बगैँचामा अहिले २०० बोट कागती, २०० बोट सुन्तला र १५०० वटा अग्रर वुडका बिरुवा हुर्कीरहेका छन् भने १५० ओटा बाख्रा समेत पालेका छन् । उनको बगैँचामा उत्पादित कागती र सुन्तला हङकङ लगायतका देशमा निर्यात हुँदै आएका छन् ।

शुक्रवार उनले गरेको कार्यलाई सम्मान गदै सत्यवती गाउँ पालिकाको सम्पूर्ण टिम र वरिष्ठ समाजसेवीहरूले स्थलगत अवलोकन गरेका थिए। अवलोकन पछि गुल्मी टेलिभिजन र सल्लेरी खबरलाई प्रतिक्रिया दिदैं गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले भने
“उहाँले गरेको कार्य एकदमै सह्रानीय छ र यहाँ मोटर बाटो र विद्युत्को केही समस्या रहेछ । यो समस्या छिट्टै नै समाधान हुनेछ ।”

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्