Logo

गुल्मीमा ४ जनाको हत्या, २ जनाको श्रीमानद्वारा हत्या



Spread the love

०६ माघ, गुल्मी- गुल्मीमा पछिल्लो ६ महिनामा ४ जनाको हत्या भएको छ । जिल्लाको अपराध अनुसान्धन शाखाको तथाङ्क अनुसार यस आर्थिक वर्ष यता साउन महिनामा २ जना र कात्तिक महिनामा २ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए ।  हत्या हुनेमा तीन जना महिला रहेका छन् भने एक जना पुरुष रहेको छन् । त्यीमध्ये दुई जनाको श्रीमानले हत्या गरेको उनले बताए ।

सल्लेरी खबर र गुल्मी टेलिभिजनसँग आइतबार कुराकानी गदै प्रहरी निरीक्षक खड्काले भने,” सबै घटनाको विश्लेषण गर्दा धेरै घटना सामान्य रिसिवी र मदिरा सेवनकै कारणले भएका छन् ।”

त्यस्तै उनले भने, “चारै वटा घटनाका अभियुक्तहरूलाई प्रकाउ गरी आवश्यक अनुसान्धन भइरहेको छ ।” प्रहरी निरीक्षक खड्काले कुनै घटना निकै हृदय विदारक भएको बताएका छन् । जिल्लाको मदाने गाउँपालिकामा श्रीमानले मदिरा सेवन गरी श्रीमतीको विबत्स हत्या भएको उनले बताए ।

आमाको मृत्यु भैसकेको र बुवाले कानुन अनुसार सजाय काटिरहेका कारण उनका तीन नाबालक सन्तान बिचल्लीमा परेका छन् । अहिले, उनीहरूलाई जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको पहलमा एस.ओ.एस बाल ग्राम संस्था भक्तपुरमा राखिएको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्