Logo

कक्षा १२ सम्मको पठनपाठनको सम्पूर्ण जिम्मेवारी वडाले लिने



Spread the love

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ ले आफ्नो वडाका सम्पूर्ण दलित, अति विपन्न र एकल महिलाका बालबालिकालाई कक्षा १२ सम्म नि:शुल्क पठनपाठन गराउने भएको छ ।

सांंकेतिक तस्बिर

रेसुङ्गा नगरपालिका भित्र सामुदायिक बिधालयमा पढ्ने वडा नम्बर ८ का  दलित, अति विपन्न र एकल महिलाका बालबालिकाले यो सेवा सुविधा पाउने छन् । वडाले गर्ने सहयोगमा बिधालयले लिने अतिरिक्त शुल्क, सर्वसहमतीले बिधालयमा लिँदै आएको मासिक शुल्क, कम्युटर शुल्क लगायत सम्पूर्ण शुल्क नि: शुल्क हुने वडा कार्यालयले जनाएको छ ।

यस योजना बाट वडाका ६० जना भन्दा बढी विद्यार्थी लाभान्वित
हुनेछन् भने वार्षिक करिब चार लाख खर्च हुने वडा अध्यक्ष भरत भलामीले सल्लेरी खबरलाई बताए । समाज परिवर्तनको मुख्य आधार शिक्षा भएको साथै सबैको नैसर्गिक अधिकार पनि भएकोले शिक्षाको पहुँच बाट कोही पनि टाढा हुनु नपरोस् भनेर यस्तो कदम चालिएको भलामीले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्