Logo

सय मिटर बाटो मर्मत गर्न नौ बर्ष !



Spread the love

०९ माघ, गुल्मी-  सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर यो वास्तवीकता हो । गूल्मीको तम्घासमा भात्काइएको नौ बर्षपछी एक सय मिटर बाटो पिच हुँदै छ । गूल्मीको मुटु मानिने सदरमुकाम तम्घास र त्यसको पनि मुटु मानिने रेसुङ्गा नगरपालिका ८ चिदिचौर स्थित् सय मिटर बाटो ९ वर्ष पछि मात्रा पिच गर्ने प्रकिया अघि बढाइएको हो ।

२०६७ सालमा चिदिचौर खेल मैदान विस्तार गर्ने क्रममा चिदीचौरको माथिल्लो भागमा रहेको उक्त बाटो भत्काईएको थियो । फुटवल मैदान विस्तार गर्दा ठाँउ नपुगेर भत्काईएको थियो । त्योभन्दा पहिला पनि पिच नगरिएको रेसुङ्गा खेलमैदान तथा मन्च निमार्णका अध्यक्ष रामु पन्थीले बताए ।

करिव सय मोटर बाटो अरु ठाँउको बाटो जस्तो सामान्य पक्कै होइन । जसको सामुन्यमा जिल्ला ट्राफिक कार्यलय र नेपाल टेलिकमको कार्यलय रहेका छन । त्यस्तै केहि अगाडि माथितिर जिल्ला प्रहरी कार्यलय रहेको छ । बाटोको अगाडि नै जिल्ला अस्पताल रहेको छ । उक्त बाटो अदालतको अगाडि माथी तिर पर्दछ । जिल्ला प्रशासन कार्यलय गुल्मी ,जिल्ला समन्वय समिति पनि केहि तल तर नजिकै रहेका छन् । त्यतीमात्र कहाँ हो र ? यहाँका जनप्रतिनिधीहरु र वरिष्ठ व्यक्तीहरु दैनिक आवजावज गर्ने बाटो समेत यही हो । त्यस्तै जिल्लाका अन्यत्र ठाँउबाट आएका मानिसहरु दिनमा प्राय: बस्ने ठाँउ पनि चिदीचौर हो । नगरपालिका भित्र हुने अधिकाश खेलहरु यहि मैदानमा खेलाइन्छ । बाटो धुलाम्य हुँदा पनि सर्वसाधरण हिड्न वाध्य थिए । सदमुकामको लाइफलाइनका रुपमा रहेको बाटो त्यो पनि सय मिटर मात्रै । नौ वर्षसम्म मर्मत नहुनु दु:खद कुरा हो ।

 

जिल्ला ट्राफिक र्कायलय गूल्मीका प्रमुख पृथ्वी नारायण काफ्लेले भने,”लामो समयसम्म बाटो पिच नहुँदा धुलोले सारै समस्या पारेको छ । ठुला किसिमका सवारी दुघर्टना नभएपनि मान्छेहरु धेरै लडिरहेका हुन्छन “। तर, स्थानीयले भने भग्वानको कृपाले ठुलो दुर्घटना नभए पनि दिनमा ३, ४ वटा सामान्य किसिमका मोटर साइकल दुघर्टना हुने गरेको बताए ।

हामीले जिल्ला समन्वय समितीका प्रमुख लक्ष्मण पराजुलिलाई सोध्दा बजेत अभावमा आजसम्म पिच हुने नसकेको उनले बताए । स्थानीय चुनावपछि पनि नगरपालिकाले प्राथमिकतामा राखे पनि वजेटकै अभावले काम हुन नसकेको उनले स्पष्टोक्ती दिए । यता रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले भने शहरी विकास आवास योजना भैरहवाबाट बाटोको लागी बजेट निकासा गरिएको र टेन्डर प्रक्रिया समेत अघी बढाईएको जानकारी दिए । उनले भने,”आउँदो असार मसान्त सम्म तपाईहरुले बाटो पिच भएको देख्नुहुन्छ ।”चिदीचोैरको बाटोसँगै रेसुङ्गा अस्पताल देखि उपल्लो तम्घासको विधुत् चोकसम्मको बाटोलाई समेटे्ने गरी दुई करोड दश लाख रकम परेको उनले बताए ।

खैर, लामो समयसम्म कसैको आँखा नपरेको बाटो नगर प्रमुख भुसालको पहलमा ढिलै भएपनि प्रकीया अघि बढ्दा सबैमा एक किसिमको खुसी छाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्