Logo

गुल्मीको सत्यवती गाँउपालिकाद्वारा गाँउपालिकाका सम्पुर्ण विद्यालयमा स्वास्थ्य सामाग्री वितरण



Spread the love

गुल्मीको सत्यवती गाँउपालिकाले गाँउपालिकाका सम्पुर्ण विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । गाँउपालिका भित्र रहेका ४१ वटा सामुदायिक विद्यालय र ८ वटा निजि विद्यालयलाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको गाँउपालिकाका संयोजक सुर्य रानाले जानकारी दिए।


बिहीवार एक कार्यक्रम गरि १८ प्रकारका औषधी तथा औजार भएको बक्स सम्पुर्ण विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीलाई हस्तान्तरंण गरिएको थियो ।
प्राथामिक उपचार विद्यालयमै पाउन  तथा सामान्य चोटपटक लाग्दा स्वास्थ्य चौकीमा पुर्याउन नपरोस भन्ने उद्देश्यले औषधी तथा औजार बक्स वितरण गरिएको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका कुनै विद्यालयबाट स्वास्थ्य चौकी सम्म पुगी सामान्य सिटामोल लिन समेत २ घण्टा धाउन पर्ने बाध्यता थियो । यो योजनाबाट सामुदायिक विद्यालयका करिव ६००० र निजि विद्यालयका करिव १२०० जना विद्यार्थी लाभान्वीत हुने छन् ।


बिहीवार सल्लेरी खबरसंगको कुराकानीमा गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले भने हामीले हाम्रो गांउपालिकामा अन्य गाँउपालिकामा भन्दा केहि फरक गदैछौ र गर्दै पनी आएका छौ त्येसै अनुरुप आज स्वस्थ्य सामाग्री वितरण गरियो। उनले भने विद्यार्थीहरुले आधरभुत स्वास्थ्य सेवा लिन टाढा जान नपोरोस सामान्य उपचार विद्यालयमै उपलब्ध गराउन सकियो भने पठनपाठनलाई पनि गुणस्तरीय बनाउन सकिने उनको भनाई रहेको छ ।वितरण कार्यक्रमा गाँउपालिकाका उपाध्यक्ष सुर्वण शाहि , प्रमुख प्रशासीय अधिकृत यादब भन्डारी , वडा नम्वर ६ का वडा अध्यक्ष विष्नु भण्डारी लगाएतको उपस्थीती रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्