Logo

कमल थापा जस्ता मण्डले बादर राजतन्त्र फर्काउने षड्यन्त्रमा: अर्जुन शर्मा



Spread the love

नेपाल कम्युनिस्ट पाटीका केन्द्रिय सदस्य अर्जुन शर्माले राप्रपाका अध्यक्ष कमल थापालाई बादरको सज्ञा दिएका छन् । अखिल स्वतन्त्र विधार्थी युनियन गुल्मीको १८ औं जिल्ला सम्मेलनमा शुभकामना मन्तब्य राख्ने क्रममा यस्तो बताएका हुन। कमल थापा जस्ता मण्डले बादरले राजतन्त्र फर्काउने षड्यन्त्रमा लागेको भन्दै होसियार हुन चेतावनी समेत दिए।

उनले गुल्मीका शैक्षिक माफियाहरुलाई अखिल स्वतन्त्र विधार्थी युनियन गुल्मीले धुलो चटाउने समेत बताए। साथै देशको यति बेलाको परिस्थिति अरुको देशमा श्रम गर्न जादा पनि खुसी हुनु पर्ने अबस्था रहेको कुरा उल्लेख गरे । सिंहदरबारका स्याल र ब्बोसोहरु गाउँ गाउँमा पुगेको भन्दै सजग हुन आग्रह समेत गरे ।

शासकहरुले देशलाई बिगारेको भन्दै दलाल र पुजिबाद विरुद्ध नहार्ने गरि लडाइ लड्ने बताए। नेपालको शिक्षा दुई थरी भएको भन्दै तेस्को अन्त्य गर्नु पर्नेमा नेता शर्माको जोड थियो । एनसेलले सरकारलाई तिर्नु पर्ने कर नतिरे र बाठो बन्न खोजे अझै धोस्त पार्ने चेतावनी दिए। पाटिको प्रसङ्गमा उनले न्याय माग्दा र देशको सिमानामा तार लगाउदा झुटा मुद्दा दर्ता गरि आफ्ना कार्यकता लाई जेल हाल्ने गरेको बताए।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्