Logo

सरकार विरुद्ध ने बि संघ पाटन संयुक्त क्याम्पस इकाइको प्रदशन



Spread the love

चिकित्साका शिक्षा क्षेत्रमा देखिएका कमजोरीलाई सुधारको माग राख्दै १६ औपटक अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज पनि प्रदर्शन जारी रहेको छ ।

गत हप्ता सदनले मात्रै शिक्षा तथा स्वास्थ्य पारित गरेको थियो । त्यसको विरोधमा पाटन र पुल्चोक क्षेत्रमा प्रदशन भएको हो । नेविसंघका पूर्व केन्द्रीय सदस्य अनिल खनाल, तारा शर्मा, बिश्व लामा, महराज गौतम, प्रवीण ज्ञवाली, महेन्द्र पुन, घन्श्याम न्यौपाने, युवराज लामा, सुशील विष्ट, रुपक न्यौपाने, सुवास शर्मा तथा नेविसंघ सम्बद्द विद्ध्यार्थीहरुले सामुहिक रुपमा विरोध गरेका हुन । आन्दोलनमा पुल्चोक इन्जिनिएरिङ्ग क्यामपस, पाटन बहुमुखी क्याम्पस, एन. सि. आइ. टि क्याम्पस, पुर्वान्चल विश्वविद्यालयका नेविसंघ सम्बद्द विद्ध्यार्थीहरुको सहभागिता थियो।

डा.

केसीको समर्थनमा सहभागीहरुले सरकार विरुद्ध चर्का नारा जुलुस लगाएका छन् । उनीहरुले झुट तन्त्र कहिले सम्म माफिया छन जहिले सम्म, ओली सरकारको मन्त्र नागरिकलाई लुटतन्त्र, एक दुई तीन चार हामी मान्ने छैनौं हार जस्ता नारा लगाएका थिए । साथै उनीहरले माफियालाई मिसन सिटामोलमा कमिसन, केसी तिमी एक्ला छैनौं हामी तिम्रो ससाथ छौं भन्दै सरकार विरुद्ध चर्का नारा जुलुस लगाए थिए । प्रदर्शनकारीले डा. केसीका माग तत्काल सम्बाेधन गर्न समेत सरकारकाे ध्यानाकर्षण गरेका छन् ।

( हेर्नुहोस् भिडियो )

https://youtu.be/t-iRWh3PQtU

प्रतिक्रिया दिनुहोस्